Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Monday, May 1, 2023

आगो लागेर घर र गाउँ सखाप नपारे सम्म चेतना नआउने भयो हाम्रो ।

आगो लागेर घर र गाउँ सखाप नपारे सम्म चेतना नआउने भयो हाम्रो । 

बर्सेनि आगो लाग्छ , घर बस्ती मै पस्न खोज्छ तर अब आफ्नो घर सम्म नआएसम्म कसलाई के को कर, रहर र बाल छ र । कुरो हिजो २०७९/१०/२७ गतेको घटना हो। गुनासो पोखेको होइन , गुनासो पोख्न छाडीसके , बस बिक्राल रूप लिएर धन जनको क्षती नहोस् भनी बेलैमा समन्धित निकाएलाई सचेत गराउन खोजेको मात्र हो अन्य अर्थ नलागोस्। 
आगो लाग्छ , निभाउन गाउँमा जनशक्ती छैन । सबै बिदेश पलाएन भइसके। हामी नी हदु भइसक्यौ। 
बिकास भनेको बिपत व्यवस्थापनको स-क्षमतामा पनि निर्धारण हुन्छ । बेलैमा सोचौं। 
हिजो मीती २०७९/१०/२७ गते  पोखरी हुँदै  बाहुन टोल जाने गोरेटो बाटोमा पनि आगो लागेको थियो। आगो के कसरी लाग्यो, कसरी न्यूनीकरण गर्न सकिन्छ त्यसको छुट्टै बहस गरौला। अब आगो लागेको बेला घरमा वृद्धा र बाल बच्चा मात्र हुन्छन्। बाकी हात मुख जोड्न जानै पर्यो, पापी पेटको सवाल पनि हुन्छ। अनी आगो लाग्यो , निभाउन न त युवा जमात नै छ , न त श्रोत साधन नै। त्यती मात्र कहा हो र । बिधुत प्राधिकरण अनी नेट केबलकोको टार भेटेपछि पड्किन थाल्छ। अरु देश मा नयाँ वर्ष भनेर आकाशमा पड्काउँछन् । हाम्रो तीर बिजुलीको तार र खम्बा  आगोले भेटे पछी दिउँसै पड्किन्छ।

बिचरा वृद्ध बुबा आमा, बाबु नानी हरु निरीह भएर आफ्नो छोरो दाई/भाइ लाई गुहार गर्नु बाहेक अरु केही उपाए हुन्न। प्राधिकरणलाई फोन गर्छन् । वडालाई फोन गर्छन्। बीपत व्यवस्थापन समिति त गठन गर्यो , अब सक्की गो त काम ।

दमकल लाई फोन गर्यो , अन्यत्र ठाउँको ( आफ्नो नगरपालीका मा थन्काएर राखेको छ क्यारे) त्या सम्म आउँदैन भन्छ। सार्है निरीह भएर बाँच्नु पर्या छ। अरु भन्या त्यस्तै हो , बृद्ध वृद्धा र बच्चा हरुको बारेमा बारेमा सोचि-दीनुहोला ।

धन्यबाद, नेपाल प्रहरी जवान जसले गुहार सुनेर आपात बिपतमा सहयोग गरे बाँकी निकाए कानमा तेल हालेको नै भान हुन्छं । 

समाधान के त? 
आगो बर्सेनि लागेकै हुन्छ। पहिला चरणमा जनचेतना नै हो समाधान । दोश्रो, Fire Engine ( दमकल) चुरुस्त गती मा राख्ने । बिपत व्यवस्थापन  तालीम सञ्चालन गरी Fire Fighter Team आगो लागेको हकमा र बाढी- पहिरो अन्य जोखिमको नी लेखा जोखा राख्ने।  हुन सक्ने जोखिमको अध्ययन गर्ने र जोखिम निवारणमा पनि ध्यान दिने। 

बिन्ती, युवाको बारेमा नसोचे नी। यही देशमा सपना देख्ने बाल -  बच्चा अनी यही माटोमा प्राण त्याग्ने अटोठ गरेका वृद्धा जन हरुको ख्याल गरिदिए पुग्छ। नत्र सराप लाग्ने छ ती निरीह भएर बसेका जमात को। 
गल्ती भए माफ पाउँ। दूई हात जोडी नमन् ।

Tuesday, June 29, 2021

फर्पिङ पधसम्भब मार्गमा बाटो मै धान रोपेर राष्ट्रिय धान दीवस मनाउदै

फर्पिङ पधसम्भब मार्गमा बाटो मै धान रोपेर राष्ट्रिय धान दीवस मनाउदै

https://youtu.be/WVDzDsdXFYM

बाटो बन्न ढीलो भएको र दैनीक जीवन सास्ती र कस्ट मै बीकेका कारण स्थानीयले आक्रोश सालीनता पुर्वक बाटोमै धान रोपी राष्ट्रिय दान दीवसमा ध्यानाकर्षण गर्न चाहेका छ्न।

Saturday, July 18, 2020

Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त


Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त गरिएको छ।






डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला








२०७६ सालको बडा दशैको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको डोल्लु परियोजना (LINK : https://youtu.be/CFVEdaHbBzU) अन्तर्गत रहि डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप सफलता पुर्वक कुल २० वटा बिरुवा पहिलो चरणमा लगाइएको कुरा पुनः सहर्ष जानकारी गराउदै उक्त बाटोमा आज यहि मिति २०७७ श्रावण ०३ गते शनिबार बिहान ७:०० बजे थप ६५ ओटा बिरुवा तार जाली सहित लगाउने अभियान , सम्पुर्ण विकासप्रेमी एवम् जागरुक आमा बुवा, दाजु भाइ तथा नगर प्रमुख , उपप्रमुख र वडा प्रमुख ज्युको सोभनीय उपस्थितिमा सु-सम्पन्न भएको छ।













Everest Base Camp Trek