आगो लागेर घर र गाउँ सखाप नपारे सम्म चेतना नआउने भयो हाम्रो ।
बर्सेनि आगो लाग्छ , घर बस्ती मै पस्न खोज्छ तर अब आफ्नो घर सम्म नआएसम्म कसलाई के को कर, रहर र बाल छ र । कुरो हिजो २०७९/१०/२७ गतेको घटना हो। गुनासो पोखेको होइन , गुनासो पोख्न छाडीसके , बस बिक्राल रूप लिएर धन जनको क्षती नहोस् भनी बेलैमा समन्धित निकाएलाई सचेत गराउन खोजेको मात्र हो अन्य अर्थ नलागोस्।
आगो लाग्छ , निभाउन गाउँमा जनशक्ती छैन । सबै बिदेश पलाएन भइसके। हामी नी हदु भइसक्यौ।
बिकास भनेको बिपत व्यवस्थापनको स-क्षमतामा पनि निर्धारण हुन्छ । बेलैमा सोचौं।
हिजो मीती २०७९/१०/२७ गते पोखरी हुँदै बाहुन टोल जाने गोरेटो बाटोमा पनि आगो लागेको थियो। आगो के कसरी लाग्यो, कसरी न्यूनीकरण गर्न सकिन्छ त्यसको छुट्टै बहस गरौला। अब आगो लागेको बेला घरमा वृद्धा र बाल बच्चा मात्र हुन्छन्। बाकी हात मुख जोड्न जानै पर्यो, पापी पेटको सवाल पनि हुन्छ। अनी आगो लाग्यो , निभाउन न त युवा जमात नै छ , न त श्रोत साधन नै। त्यती मात्र कहा हो र । बिधुत प्राधिकरण अनी नेट केबलकोको टार भेटेपछि पड्किन थाल्छ। अरु देश मा नयाँ वर्ष भनेर आकाशमा पड्काउँछन् । हाम्रो तीर बिजुलीको तार र खम्बा आगोले भेटे पछी दिउँसै पड्किन्छ।
बिचरा वृद्ध बुबा आमा, बाबु नानी हरु निरीह भएर आफ्नो छोरो दाई/भाइ लाई गुहार गर्नु बाहेक अरु केही उपाए हुन्न। प्राधिकरणलाई फोन गर्छन् । वडालाई फोन गर्छन्। बीपत व्यवस्थापन समिति त गठन गर्यो , अब सक्की गो त काम ।
दमकल लाई फोन गर्यो , अन्यत्र ठाउँको ( आफ्नो नगरपालीका मा थन्काएर राखेको छ क्यारे) त्या सम्म आउँदैन भन्छ। सार्है निरीह भएर बाँच्नु पर्या छ। अरु भन्या त्यस्तै हो , बृद्ध वृद्धा र बच्चा हरुको बारेमा बारेमा सोचि-दीनुहोला ।
धन्यबाद, नेपाल प्रहरी जवान जसले गुहार सुनेर आपात बिपतमा सहयोग गरे बाँकी निकाए कानमा तेल हालेको नै भान हुन्छं ।
समाधान के त?
आगो बर्सेनि लागेकै हुन्छ। पहिला चरणमा जनचेतना नै हो समाधान । दोश्रो, Fire Engine ( दमकल) चुरुस्त गती मा राख्ने । बिपत व्यवस्थापन तालीम सञ्चालन गरी Fire Fighter Team आगो लागेको हकमा र बाढी- पहिरो अन्य जोखिमको नी लेखा जोखा राख्ने। हुन सक्ने जोखिमको अध्ययन गर्ने र जोखिम निवारणमा पनि ध्यान दिने।
बिन्ती, युवाको बारेमा नसोचे नी। यही देशमा सपना देख्ने बाल - बच्चा अनी यही माटोमा प्राण त्याग्ने अटोठ गरेका वृद्धा जन हरुको ख्याल गरिदिए पुग्छ। नत्र सराप लाग्ने छ ती निरीह भएर बसेका जमात को।
गल्ती भए माफ पाउँ। दूई हात जोडी नमन् ।