Posts

Showing posts from March, 2019

श्री गणेश जात्रा ,एक परिचय

Image
श्री गणेश जात्रा                                                                     Ganesh Jatra श्री गणेश जात्रा एक परिचय स्वस्थानी पुर्णेको चौथो दीन यानीकी चौथी तीथीमा दक्षिणकाली नगरपाली वडा न. ४ र ३  ,सल्लाघारी (बाराहीटोल) ,पीखेल र भन्ज्याङका नेवारहरुले सङठीत रुपमा श्री गणेश जात्रा मनाउदै आइरहेको छ। सो जात्रा श्री गणेश गुठीबाट संचालित हुँदै आइरहेको छ। नेपाल भरी कही पनि यो दीन कतै जात्रा नहुने र यस ठाउँ मा मात्र हुदा यस जात्राको स्थानीय तहमा नीकै मान्यता रहदै आएको छ। श्री गणेश ,श्री सेतीबाराही र सेतीदेबी माइको रथयात्रा नै यश जात्राको मुख्य आकर्षण रहदै आएको छ। साथै नेवारी परम्परा जगेर्ना गर्न यस समुदाएको नीकै ठूलो भुमीका रहदै आएको छ। धीमे , धा र खी जस्ता नेवारी बाजाको प्रयोगले जात्रामा थप आकर्षण थपेको छ भने दीमे बाजा र नीत्यमा जन समुदाए रम्दै आएको पाइन्छ। स्थानीय नेवार जाती मात्र नभइ इक्छुक अन्य पनि यस जात्रामा समाबेश गरीने हुदा धार्मीक र जातीय सहीषणुता यस जात्रामा देख्न पाइन्छ। शक्ति पीठ सेतीदेबी माइ मै यस समुदाएको रक्षक भएको पाइएन्छ। सानो समुदा