Monday, March 18, 2019

श्री गणेश जात्रा ,एक परिचय



श्री गणेश जात्रा








                                                                   Ganesh Jatra


श्री गणेश जात्रा

एक परिचय




स्वस्थानी पुर्णेको चौथो दीन यानीकी चौथी तीथीमा दक्षिणकाली नगरपाली वडा न. ४ र ३  ,सल्लाघारी (बाराहीटोल) ,पीखेल र भन्ज्याङका नेवारहरुले सङठीत रुपमा श्री गणेश जात्रा मनाउदै आइरहेको छ। सो जात्रा श्री गणेश गुठीबाट संचालित हुँदै आइरहेको छ।

नेपाल भरी कही पनि यो दीन कतै जात्रा नहुने र यस ठाउँ मा मात्र हुदा यस जात्राको स्थानीय तहमा नीकै मान्यता रहदै आएको छ।

श्री गणेश ,श्री सेतीबाराही र सेतीदेबी माइको रथयात्रा नै यश जात्राको मुख्य आकर्षण रहदै आएको छ। साथै नेवारी परम्परा जगेर्ना गर्न यस समुदाएको नीकै ठूलो भुमीका रहदै आएको छ। धीमे , धा र खी जस्ता नेवारी बाजाको प्रयोगले जात्रामा थप आकर्षण थपेको छ भने दीमे बाजा र नीत्यमा जन समुदाए रम्दै आएको पाइन्छ।

स्थानीय नेवार जाती मात्र नभइ इक्छुक अन्य पनि यस जात्रामा समाबेश गरीने हुदा धार्मीक र जातीय सहीषणुता यस जात्रामा देख्न पाइन्छ।

शक्ति पीठ सेतीदेबी माइ मै यस समुदाएको रक्षक भएको पाइएन्छ।





सानो समुदाए , सानै रथ भएता पनि बीषेष महत्वका साथ यस गणेश जात्रालाइ हेरीने हुदा , गणेश गुठी तथा जात्राको महत्व दीन दीनै बढ्दै गएको पाइएन्छ।

अत: आफनै समुदाएमा आफनै तरीकाले जात्रा संचालन तथा प्रवर्धन गरिएको हुदा स्थानीय पनि नीकै गौरान्वीत र खुसी भेटीएको पाइन्छ।😊😊

Everest Base Camp Trek